+९७७ ०१ ५२७५३८४ | ward23@lmc.gov.np

ललितपुर महानगरपालिका वडा नं. २३, धापाखेल

 

ललितपुर महानगरपालिका वडा नं. २३, धापाखेल ललितपुर महानगरपालिका वडा नं २३ धापाखेल, ललितपुरमा रहेको छ ।यस वडाको पूर्व तर्फ वडा नं २८, पश्चिमतर्फ वडा नं २६, उत्तर तर्फ वडा नं १५ र दक्षिण तर्फ वडा नं.२४ संग जोडिएको छ । सबै जातजातिका मानिसहरुको बसोबास रहेको छ । यो वडा धापाखेल गाँउ विकास समितिको वडा नं १ र २ मिलीबनेको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हात्तीवन र किराँतेश्वर मन्दिर समेत यसै वडामा अवस्थित रहेको छ । यस ललितपुर महानगरपालिका वडा नं. २३,धापाखेलको घरधुरी तथा घरका सदस्यहरुको विवरणको सबै जानकारी लिने मुख्ये उद्देश्यले वडा कार्यालयको सहयोगमा र आर्किसफ्ट टेक्नोलोजीले वडाका प्रत्येक घरघरमा स्थानीय युवा स्वयम सेवकहरु गई तथ्याङ्क संकलन गरी उक्त संकलित तथ्याङ्कलाई सफ्टवेयरमा राख्ने कार्य भएको थियो । मिति २०७८ चैत्र १५गतेदेखि दुई महिना भित्र कार्य सम्पादन गर्ने सम्झौता भएतापनि उक्त कार्यलाई देशमा भएको स्थानीय निर्वाचनको कारणले गर्दाे सम्झौताको कार्य तालिकामा कार्य सम्पादन गर्न नसकिने भएको हुनाले मिति २०७९ जेष्ठ ८ गते योजनाको म्याद थपको निवेदन अनुसार मिति २०७९ असार १५ सम्मको लागि म्याद थपको अनुमति अनुसार वडा कार्यालयको सहयोगमा तथ्याङ्क संकलन गर्न खटिएका सम्पूर्ण तथ्याङ्क संकलकहरुले मिति २०७९ जेष्ठ ३०गते नै तथ्याङ्क संकलन गरी ल्याएका फारामहरु वडा कार्यालयमा बुझाएको थियो । डिजिटल वार्ड प्रोफाइलको सबै कार्य सम्पादन गरिसकेको कुराको जानकारी गराउन चाहन्छु । उक्त कार्य मातपसिलमा उल्लेखित विवरणहरु रहेका छन ।

 

यस वडा क्षेत्रभित्र शैक्षिक संस्थाहरुमा २ वटा सामुदायिक विद्यालय तथा ५ वटा संस्थागत विद्यालयहरु रहेका छन्।

 

स्कूलः सामुदायिक विद्यालयतर्फ

  • पद्मप्रकाश मा.वि.
  • श्रीकृष्ण मा.वि.

संस्थागत विद्यालयतर्फ

  • जुगल मा वि
  • आई जे पायोइनर मा.वि.
  • जेम्स स्कुल
  • कान्तिपुर इन्जिनियरिङ कलेज
  • काठमान्डौ युनिभरसिटि कलेज अफ आर्ट

 

यस वडामा सुमेरु हस्पिटल रहेको छ । यस वडामा रहेका सांस्कृतिक तथा धार्मिक सम्पदामा

 

  • सिद्धिगणेश मन्दिर
  • देवस्थल मन्दिर
  • श्रीकृष्ण मन्दिर
  • शिव मन्दिर
  • किराँतेश्वर मन्दिर

शिव मन्दिर रहेका छन् र एक ठूलो पंधेरोरहेको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हात्तीवन र किराँतेश्वर मन्दिर समेत यसै वडामा अवस्थित रहेको छ ।
खेलकुदतर्फ एक ब्याडमिन्टन कोर्ट रहेको छ ।
यस वडामा एक टेवा नामक INGO रहेको छ ।

 

जनप्रतिनिधीहरु

क्र.सं. नाम पद
श्री जीवन महर्जन अध्यक्ष
श्री मधु श्रेष्ठ सिंह ठकुरी सदस्य
श्री सानुमाया वि.क सदस्य
श्री किरण खड्का सदस्य
श्री राजन मल्ल सदस्य

 

निवर्तमान जनप्रतिनिधीहरु

क्र.सं. नाम पद
श्री भुयुकाजीमहर्जन अध्यक्ष
श्री बुद्धिलक्ष्मीमहर्जन सदस्य
श्री सानुमाया वि.क सदस्य
श्री जीवन महर्जन सदस्य
श्री राधेश्याम कठायत सदस्य

 

               भौगोलिक तथ्याङ्क
देश नेपाल
प्रदेश बागमती (३)
अञ्चल बागमती
जिल्ला ललितपुर
स्थानीय स्तर ललितपुर महानगरपालिका
स्थान वडा नं. २३
             सांख्यकिय तथ्याङ्क
क्षेत्रफल १.४६९६ वर्ग कि.मि.
घरधुरी १६१२
जनसंख्या ७१९८
महिला ३५७८
पुरुष ३६२०
विहार
मठ र मन्दिर
घाट
अस्पताल
सामुदायिक स्कूल
संस्थागत स्कूल
कलेज
नदीनाला
पधेरो
×